प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हङ्गामा !
काठमाडौँ – संसदको बैठक मङ्गलबार हङ्गामा भयो ।
नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरी प्रश्नहरूको जबाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरेपछि काङ्ग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाउनुभयो ।
सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोस्ट्र्ममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जबाफ दिए । त्यसपछि काङ्ग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी नै चल्यो । रोस्ट्रमबाट प्रधानमन्त्रीले रेकर्ड खोलेर सुनियोस्’ भन्नुभयो ।
जबाफमा काङ्ग्रेस सांसदहरूले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको ‘जबाफ चाहिएको छ कि छैन’ भन्ने प्रश्न गर्नुभयो । प्रधानमन्त्री र विपक्षी सांसदहरूबीचको विवाद करिब ४ मिनेट जुहारी चलेपछि काङ्ग्रेस सांसदहरूको नाराबाजी गरिरहे । यसैबीच प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जबाफ दिनुभयो ।