बाबुरामले उपेन्द्र यादवबाट शपथग्रहण गरे - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बाबुरामले उपेन्द्र यादवबाट शपथग्रहण गरे



काठमाडौँ – हिजोमात्र घोषणा भएको समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण गरेका छन् ।

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको सङ्घीय समाजवादी फोरमबीच एकीकरण भई हिजो (२३ वैशाखमा) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो ।

नवघोषित पार्टीको आज बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराएका हुन् ।

उपेन्द्र पार्टी अध्यक्ष हुन् भने बाबुराम सङ्घीय परिषद् अध्यक्ष हुन् । पार्टीको आधारपत्रमा केन्द्रीय समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । उपेन्द्रले कार्यकारी अध्यक्षका हैसियतमा बाबुरामसहित अर्का वरिष्ठ नेता अशोक राईसहित सबै केन्द्रीय नेतालाई शपथ गराए ।

बैठकमा केन्द्रीय समितिका वयोबृद्ध नेता प्रेमकृष्ण पाठक (८० वर्ष)ले उपेन्द्रलाई पहिला शपथग्रहण गराए । लगत्तै यादवले पाठकसहित सबै नेतालाई शपथग्रहण गराएका हुन् ।