३० महिने बालकको घाँटी रेटी हत्या - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

३० महिने बालकको घाँटी रेटी हत्या



धनुषा – ढल्केबरमा ३० महिने बालकको वीभत्स हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरबाट सोमबार साँझ ३० महिनाका बालक आर्यन साह बेपत्ता भएका थिए। आर्यनलाई घरमै छाडेर परिवारका सदस्य पानी लिन धारामा गएको समयमा उनको अपहरण भएको प्रहरीले जनाएको छ ।

रातभरि आर्यनको खोजी गरे पनि नभेटिएको तर मङ्गलबार बिहानै घर नजिकै वीभत्स अवस्थामा बालकको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

सोमबार साँझ छोराको खोजी गर्दा नभेटिएपछि बुबा शम्भु साहले प्रहरीमा उजुरी दिएका थिए । बालकको शव आधा घाँटी काटेको अवस्थामा फेला परको छ। हत्याका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।