आइपिएल - धोनी र रोहितको अग्निपरीक्षा, को पुग्ला फाइनल ? - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

आइपिएल – धोनी र रोहितको अग्निपरीक्षा, को पुग्ला फाइनल ?



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनल प्रवेशका लागि आज (मंगलबार) चेन्नेई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ । पहिलो क्वालिफायर खेलमा दुवै टोली मैदान उत्रन लागेका हुन् ।

मुम्बईले लिगका १४ मध्य ९ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो । पछिल्लो चार खेलमा ठुलो अन्तरले जितले मुम्बईका खेलाडीको आत्मविश्वास बलियो समेत देखिन्छ ।

प्लेअफमा छनोट हुने पहिलो टिम बनेको चेन्नेईले सुरुवाती ८ मध्य ७ खेलमा जित निकालेको थियो । तर पछिल्ला तीन हप्तामा उसले ६ खेलमा मात्र दुईमा जित निकाल्न सफल भएको छ । पछिल्लो खेलमा उसले किंग्स इलाभेन पञ्जावविरुद्वको खेल गुमाएको थियो ।

१ सय ७१ रनको लक्ष्य उसले १४ दशमलवल २ ओभरमा पुरा गरेको थियो । जसले चेन्नेईलाई शीर्ष दुईमै रहन खतरा उत्पन्न गरेको थियो ।

खेल चेन्नेईको घरेलु मैदान एमए चिदामबराममा हुनेछ ।

चेन्नेइका महेन्द्र सिंह धोनी र मुम्बईका रोहित शर्मा टोलीका कप्तान मात्र होईनन्, दुवैको ब्याटमा टिमको भाग्य निर्धारण हुदै आएको छ । मुम्बईका कप्तान रोहितले अपेक्षा अनुसारको खेल्न सकेका छैनन् तर उनको स्थिर प्रर्दशनमा टोलीलाई आवश्यक परेको बेला रन दिईरहेका छन् ।

हेड टु हेड :

खेल–२६ : मुम्बई–१५ जित । चेन्नेई–११ जित ।

सन् २०१५ पछाडी : खेल–८ । मुम्बई–६ । चेन्नेइ–२ ।

नकआउट, प्लेअफ : खेल–७ । मुम्बई–३ । चेन्नेई–४ ।