संसदमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने यस्तो प्रस्ताव - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

संसदमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने यस्तो प्रस्ताव



वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी काङ्ग्रेसका एक जना सांसदले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्‍न सत्तारूढ नेकपालाई आग्रह गरेका छन् ।

आइतबारको संसद बैठकमा ग्रेसका सांसद प्रकाश रसाइलीले ओलीबाट मुलुकको विकास र समृद्धिको आशा गर्नु बेकार रहेकाले उनको विकल्प खोज्‍न सुझाए । केपी ओलीको नेतृत्व समृद्धि सम्भव नभएको उनको भनाइ थियो । रसाइलीले ओली प्रधानमन्त्रीमै रहिरहे व्यवस्था नै गुम्‍ने जिकिर गरे । ‘केपी ओलीबाट मुलुकको समृद्धि सम्भव छैन । उहाँ प्रधानमन्त्री रहिरहने हो भने यो व्यवस्था नै गुम्छ’, रसाइलीले भने, ‘म प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्‍न नेकपालाई आग्रह गर्छु ।’

ओलीले दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्ने अवसर पाए पनि त्यो उनका लागि ‘बाँदरका हातमा नरिवल’ जस्तो भएको टिप्पणी रसाइलीले गरे । राष्ट्रपतिलाई विवादमा ल्याउने काममा समेत ओलीकै हात रहेको आरोप उनले लगाए । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शुक्रबार संसदमा नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा विभिन्न क्षेत्रबाट विरोध भइरहेका बेला उनले त्यसमा प्रधानमन्त्रीको हात रहेको आरोप लगाए ।