६० लाख दलित मान्छे होईनन भने सबै दलितको बस्तीमा गएर गोली हानेर मार .. - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

६० लाख दलित मान्छे होईनन भने सबै दलितको बस्तीमा गएर गोली हानेर मार ..



खोइ कहाँ बाट सुरु गरु हाम्रो नेपाली समाजको यो बानी बेहोरा ?घडीको समय निरन्तर अगाडि बढिरहेको छ ।सामन्ती,कु-प्रथा अझै जिर्ण भएर बाजो पन हुँदै गएको हाम्रो नेपाली समाज हो ।वहाँ !!! क्या अनौठो छ हगि हाम्रो नेपाली समाज ?

मास्टर डिग्री गरेर लोकसेवामा चुनौती दिँदै सरकारी कोटामा जागिर खादै गरेका एक सक्षम अनि भलाद्मी, अनि समाजमा उज्यालो प्रकाश बनी आएका मास्टर बाटै सरासर गलत कार्य,व्यवहार हुँदै आएको हुन्छ ।यदि भिजेको लुगा घाम लागेर सुक्दैन भने घाम लागेको के अर्थ ?

हो एउटा अन्धकार समाजमा ज्ञानको ज्योति दिएर नियम,कानुन लाई व्यवहारमा लागू गर्दैन भने यस्तो राज्य सत्ता, नेतृत्व, विद्वान,शिक्षक, यहाँहरु को के अर्थ ?यस्ता गलतले भोलिको दिनमा राज्य भित्र ,समाजमा भित्र उग्ररुप लिन्छ ।

मैले बुझे अनुसार अमेरिकामा कालो जातिलाई खतम गरेर गोरो जातिले मात्र अमेरिका चलाउछु भने जस्तो नेपालमा पनि ठुला बडा जातले हामी मात्रै नेपाल चलाउछौ भन्ने हेक्का गर्नु गलत हो ।# कारण मान्छे भित्रको कु-प्रथा छुवाछूत/जातीय विभेद नै हो ।होइन हो कथित कु-प्रथा अगालेका नेपालीहरू तपाईहरु मानव कि जन्तु ?यो प्रश्न मैले मात्र होइन ६० लाख दलितहरुले गरिरहेका छन् ।यही प्रश्न नेपाली भन्दा बाहिरी मुलुकहरूले गरेका छन् ।६० लाख दलित मान्छे होईनन भने सबै दलितको बस्ती बस्तीमा गएर गोली हानेर मार हामी नेपाली भूमिमा नै मोर्न चाहान्छौ तर एक दुई जनाको हत्या गरेर फालेको देख्न सक्दैनौ त्यो पनि जातीय हिसाबले ।सानो जात र मार्न पाए चल्ला को आमा कि बाउ यी हत्यारा आची खाने जनावर हुन ।सुँगुरले कहिले खुला आकाश देखेको हुँदैन ।

यस्तै २१ सौ सताब्दीमा पनि नेपाली कोही कोही जातिवादीले संसारमा मानव माथि दानव व्यवहार गर्दै हत्यार सुँगुर नै बनेका छन् ।यदि मृत्युु पूर्व लक्ष्मी परियारले सुटुक्क शारीरिक सम्पर्क गर्न दिन्थे भनी त बिचरा चल्ला रुवाउदै छोडेर किन माउ मर्नु पर्थ्यो र होईनर ?मैले देखे सुनेको हाम्रो नेपालमा महिला र पुरुष शारीरिक सम्पर्क गर्न जुन सुकै जात, जातीमा पनि मिल्छ तर शारीरिक सम्पर्क भई सके पछि जातीय छुवाछूतको आरोप लगाई हरेक भूमिका खेल्दै सके त अशक्त को ज्यान नै गुमाई दिन्छन नसके त्यो ठाउँ बाटै भगाएर लखेटेको हुन्छन् ।

किनकि अन्तरजातिय शारीरिक सम्पर्क गर्दा त संसार देखेका हुन्छन् माया ममता सँगै शारीरिक सम्पर्क गर्छन् ।जब शारीरिक सम्पर्क गरी सके पछि आफ्नो मान,मर्यादा,ईज्जत्, संस्कार, रितिरिवाज, जातको ख्याल गरिन्छ होइन ?हरेक क्षेत्रबाट सामाज समृद्धिको लागि हो भने तुरुन्त जातीय आरोप लगाएर हत्या गर्ने हत्यारा लाई टुडिखेलमा लगेर जनताको अगाडि फाँसी दे होइन भने यस्ता हत्याराले भोलि अर्को हत्या गर्न सक्छ त्यसैले होसियार बनौ अरू लाई नि बनाऊ ।यो समयमा आएर जातीय छुवाछूत जस्तो एउटै धर्म भित्रको मान्छेहरू लाई अछुत भन्छ भने भोलिको दिनमा त्यही समाज लाई विनाशकारी र अँध्यारो ओझेलमा पर्ने छन् ।

नर बहादुर शेर्पाली
बाग्लुङ्ग हाल प्रवासमा कार्यरत ।
# सन्दर्भ जातियताको कारण हत्या भएकी लक्ष्मी परियार ।