सामुदायिक विद्यालयमा विद्युतीय उपकरण हस्तान्तरण - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सामुदायिक विद्यालयमा विद्युतीय उपकरण हस्तान्तरण



हिमाल पोस्ट / सुखड,कैलाली 
“गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कैलालीको बर्दगोरिया गाउँपालिका- ६ अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयलाई विद्यालयमै पुगी आज विद्युतीय उपकरण हस्तान्तरण गरिएको छ ।

विद्यालयको प्रत्येक कक्षा कोठामा २/२ वटा पङ्खा पुग्‍ने गरी ६० थान सिलिङ पङ्खा, १/१ सेट कम्प्युटर, प्रिन्टरलगायतका सामग्रीहरू बर्दगोरिया गाउँपालिका वडा नं ६ का वडाध्यक्षले हस्तान्तरण गरेका हुन् । गर्मीको मौसममा विद्यार्थीलाई पढाइ सहज होस् र विद्यालयको प्रशासनिक कामकाज पनि सहज होस् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको वडा नं. ६ का अध्यक्ष रामकृष्ण डगौरा थारूले बताए ।

वडा नं ६ का मोहन्याल मा. वि. बासकोटी, लक्ष्मी प्रा. वि. तुलसीपुर, पारस प्रा. वि. जगतपुर र मोहन्याल प्रा. वि. सुगरखालमा पङ्खालगायतका सामान हस्तान्तरण गरिएको अध्यक्ष थारूले बताए ।

बर्दगोरिया गाउँपालिका ६ नं. वडा कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को लक्ष्यितवर्ग अन्तर्गतको विनियोजित बजेटबाट ती सामग्री वितरण गरिएको वडाअध्यक्ष डगौरा थारूले जानकारी दिए । यस्तै इलाका प्रहरी कार्यालय सडकपुर बौनियालाई पनि ५ थान प्लास्टिक कुर्सी हस्तान्तरण गरिएको अध्यक्ष थारूले बताए ।