प्रदेश पाँचको राजधानी दाङ बनाउन दबाब - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

प्रदेश पाँचको राजधानी दाङ बनाउन दबाब



रूपन्देही । प्रदेशको राजधानी र नामका बारेमा कुनै निर्णय नगरी प्रदेश पाँचको तेस्रो अधिवेशन आइतबार सकिएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पठाएको पत्रअनुसार आइतबार राति १२ बजे अधिवेशन सकिएको हो ।

मङ्सिर २३ गते सुरु भएको अधिवेशनमा ३८ विधेयक पारित भएको सभामुख पूर्णबहादुर घर्तीमगरले बताए । यस अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अपेक्षा गरिए तापनि त्यसो हुन सकेन ।

स्थायी राजधानी र नामको सिफारिस गर्न बनेको विशेष समितिले राजधानी कहाँ बनाउने भनी विज्ञसँग थप छलफल गर्नुपर्ने निर्णय गरेपछि यो विषय पेचिलो बनेको हो ।

जिल्ला जिल्लामा पुगेर सुझाव सङ्कालन उपसमितिका सदस्यहरूले एकीकृत प्रतिवेदन समितिमा बुझाएका थिए । राजधानी तोक्दा सुरक्षा, मौसम र भूगोललाई ध्यान दिनुपर्ने भन्दै विशेष समितिले विज्ञसँग छलफल गर्नुपर्ने निर्णय लिएको सभापति संयोजक दीपेन्द्र पुनले बताए ।

उपसमितिले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी रूपन्देही या दाङ हुनुपर्ने सुझाव सहितको प्रतिवेदन विशेष समितिमा बुझाएको छ । विकल्पमा कपिलवस्तुको नाम पनि दिइएको छ । तर स्रोतअनुसार दाङ राजधानी बानाउनु पर्ने दबाब आएको बताइएको छ ।