अब भृकुटीमण्डपमा जुत्ता मेला सधैका लागि बन्द - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

अब भृकुटीमण्डपमा जुत्ता मेला सधैका लागि बन्द



काठमाडौं– काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा संचालन हुँदै आएको स्वदेशी नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आईतबारबाट सधैंका लागि बन्द गरिएको छ ।

जुत्ता उद्योगीहरुले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खुद्रा व्यापारीहरुको मागलाई समेत ध्यानमा राखेर सो ‘सेल मेला’ सधैंका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका हुन । खुद्रा व्यापारीहरु मारमा पर्ने भएपछि सो ‘सेल मेला’ अब सञ्चालन नगर्ने निर्णयमा पुगिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उाले मेलामा विदेशी जुत्ता समेत विक्री हुन थालेपछि सो विकृतिलाई रोक्न पनि सेल मेला सञ्चालन बन्द गर्नु परेको पनि स्पष्ट पारे ।

पूर्वअध्यक्ष उपाध्यायले वर्षमा बढिमा २ पटकसम्म भने स्वदेशी जुत्ता मेला संचालन गर्ने पनि स्पष्ट पारे । नेपालमा २०५९ सालदेखि स्वदेशी जुत्ता मेला आयोजना हुँदै आएको छ ।