अब भृकुटीमण्डपमा जुत्ता मेला सधैका लागि बन्द - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अब भृकुटीमण्डपमा जुत्ता मेला सधैका लागि बन्द



काठमाडौं– काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा संचालन हुँदै आएको स्वदेशी नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आईतबारबाट सधैंका लागि बन्द गरिएको छ ।

जुत्ता उद्योगीहरुले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खुद्रा व्यापारीहरुको मागलाई समेत ध्यानमा राखेर सो ‘सेल मेला’ सधैंका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका हुन । खुद्रा व्यापारीहरु मारमा पर्ने भएपछि सो ‘सेल मेला’ अब सञ्चालन नगर्ने निर्णयमा पुगिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उाले मेलामा विदेशी जुत्ता समेत विक्री हुन थालेपछि सो विकृतिलाई रोक्न पनि सेल मेला सञ्चालन बन्द गर्नु परेको पनि स्पष्ट पारे ।

पूर्वअध्यक्ष उपाध्यायले वर्षमा बढिमा २ पटकसम्म भने स्वदेशी जुत्ता मेला संचालन गर्ने पनि स्पष्ट पारे । नेपालमा २०५९ सालदेखि स्वदेशी जुत्ता मेला आयोजना हुँदै आएको छ ।