विप्लव समूहले भन्यो- वैशाख २३ गते हाम्रो बन्द छैन
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले वैसाख २३ गते बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालहरूमा नेपाल बन्दको समाचारहरू व्यापक रूपमा आइरहेको अवस्थामा उक्त बन्द आफ्नो पार्टीले नराखेको नेकपाले स्पष्ट पारेकाे हो ।
सार्वजनिक गरेका आफ्ना कार्यक्रमहरूका आधारमा नै पार्टी अगाडि बढिरहेको हुनाले पार्टीले अहिले बन्दको कुनै पनि कार्यक्रम नराखिएको कारण भ्रममा नपर्न नेकपाले आग्रह गरेको छ ।