२ सय ८९ प्रहरीलाई कार्वाही - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

२ सय ८९ प्रहरीलाई कार्वाही



विराटनगर । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कारवाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन,अनैतिक सम्वन्ध,मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताउनुभयो । संगठन विपरीत काम गर्ने २ सय ८९ जनालाई कार्वाही भएको उहाँले बताउनुभयो ।

आर्थिक प्रलोभनमा परेको ,आर्थिक अनुशान भगं गरेको,आन्तरीक अनुशासन भगं गरेकाले कारवाही गरेका हो । डिआईजी केदार रिजालका अनुसार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।

संगठन केहि हद सम्म सुध्रदै गएको बताउँदै उहाँले संगठनमा आन्तरीक सुद्धिकरण चलीरहने बताउनुभयो । यो चालु आर्थिक बर्षमा मात्र ४ सय १३ जना राम्रो काम गर्नेलाई सम्मान गरिएको छ ।