बाबुराम भट्टराईले निर्णय उल्ट्याउन सक्ने - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

बाबुराम भट्टराईले निर्णय उल्ट्याउन सक्ने



काठमाडाैँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ । दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि बैसाख २३ गते नयाँ पार्टी घोषणा गरिनेछ ।

दुई अध्यक्षात्मक प्रणालीमा पार्टी एकता गर्ने सहमति भएपनि संघीय परिषद् अध्यक्षले निर्णय उल्ट्याउन सक्ने अधिकार दिइएको छ । संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएसँगै डा. बाबुराम भट्टराईमा त्यो अधिकार गएको छ।

सहमति अनुसार संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव रहनेछन् । दुई अध्यक्ष रहे पनि भट्टराई पहिलो वरीयतामा रहनेछन् भने यादव दोस्रोमा रहनेछन् ।