मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर दिएपछि हंगामा

काठमाडौं । मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगरमा हंगामा भएको छ ।
दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरमा ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।
स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवाहरुलाई भने केही पनि भएको छैन । स्कुटर पल्टिए पछि युवाहरुले विवाद गरेकाले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंका गरिएको छ ।

