प्रहरीले महिलालाई कुटपिट गरेपछि… - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रहरीले महिलालाई कुटपिट गरेपछि…



नवलपरासी – नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीको सामान बोकेको भन्दै महिलामाथि कुटपिट गरेका छन् । कुटपिटबाट घाईते भएकी महिलालाई उपचारका लागि नेपाल प्रहरीले जिल्लाको पृथ्वीचन्द्र अस्पताल पुर्याएको छ ।

घरायसी प्रयोजनका लागि ल्याइएको सामान तस्करीको हो भन्दै सशस्त्र प्रहरीले केहि महिलामाथि कुटपिट गरेको थिए । कुटपिटबाट वसन्ता थापा र दुर्गा पोखरेललाई गम्भीर चोट लागेको छ ।

सशस्त्र प्रहरीको कुटाइबाट घाइतेहरुको हात, गोडा, डाढ तथा टाउकोमा चोट लागेको छ । बुट, लाठि र मुक्का प्रहारबाट अधिकांश घाइतेको कानमा समस्या देखा परेको पीडितको भनाइ छ ।