सरकारको नीति तथा कार्यक्रम काल्पनिक कहानीजस्तो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सरकारको नीति तथा कार्यक्रम काल्पनिक कहानीजस्तो



काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले नतिजा ल्याउन थालेको दाबी गरेको छन्।

उनले गरेको सम्बोधन कविताजस्तो सुनिएको छ। ‘खोलाखोलामा सरकार पुगेको छ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्।

संविधान सर्वस्वीकार्य भएको राष्ट्रपतिले दावी गरिन्।

सरकारका काम तथा कार्यक्रमको फेहरिस्त प्रस्तुत गरे पनि उनले धेरैजसो स्वैरकाल्पनिक व्यहोरा प्रस्तुत गरेकी थिइन्। वास्तविकतामा आधारितभन्दा पनि सरकारको बखान गर्ने खालका काल्पनिक उपन्यासजस्ता व्यहोरा राष्ट्रपतिको सम्बोधनमा थियो।

डिजिटल नेपालको फ्रेमवर्क तयार भएको दाबी गरिन् राष्ट्रपति भण्डारीले जुन सुन्दा मिठो सुनिए पनि वास्तविकताभन्दा धेरै टाढा देखिएको छ।