राष्ट्रपतिको आधा घण्टा सरकारको गुणगानमा यसरी बित्यो - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

राष्ट्रपतिको आधा घण्टा सरकारको गुणगानमा यसरी बित्यो



काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारले हालसम्म गरेको उपलब्धिको चर्चा गर्न २५ मिनेट समय खर्च गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा नीति तथा कार्यक्रम पढ्दा हालसम्म भएका उपलब्धि चर्चा गर्न समय खर्च गरेकी हुन्।

सरकारले गरेको द्विपक्षीय तथा बहुपक्षीय भ्रमण तथा वार्ता, लगानी सम्मेलन, पुननिर्माण, विकास निर्माण, विद्युत विकास, शैक्षिक तथ्यांक, सामाजिक कार्य, उद्धार तथा हावाहुरी पीडितलाई रहत लगायत विषय चर्चा गरिएको छ। यी सबै कामले दुई अंकको आर्थिक वृद्धि हुने दाबी गरिएको छ। ‘लगातार दुई वर्ष ६ प्रतिशत र यसवर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भएकाले दोहोरो अंकको आर्थिक वृद्धि हुने आधार तयार भएको छ,’ नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले भनिन्।

उक्त उपलब्धीहरुको चर्चा गरेपछि राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउन थालेकी छन्।