राष्ट्रपति भण्डारीको सवारीका कारण बन्द हुँदैछन् यी सडक - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राष्ट्रपति भण्डारीको सवारीका कारण बन्द हुँदैछन् यी सडक



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तिको सवारीका कारण काठमाडौंका केही सडक रुट प्रभावित हुने भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार महाराजगन्जज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माइतीघर–नयाँ बानेश्वरसम्मका सडक प्रभावित हुनेछन्।

सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आउने कार्यक्रम भएकाले दिउँसो साढे ३ बजेदेखि केही समयका लागि उक्त सडक प्रभावित हुने बताइएको छ।

यी सडक प्रभावित हुने हुँदा वैकल्पिक सडकको रुपमा महाराजगन्ज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर–थापागाउँ वा चक्रपथको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।