देशैभरी हावाहुरीको ताण्डव
काठमाडौं– बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानीको असर नेपालमा पनि देखिन थालेको छ। नेपालको तराईका जिल्लामा हावाहुरी सहित पानी पर्न थालेको छ भने अन्य भागमा पनि बदली सहित हावाहुरी चल्न थालेको छ। यसबाट हुन सक्ने क्षतिको त्रास देशैभरी रहेको छ।
हावाहुरीसहित वर्षा हुन थालेपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले बताएका छन्।
यसैगरी कञ्चनपुर, धनगढी, बुटवल, चितवनमा हावाहुरी चल्न थालेको छ भने पानी पर्ने सम्भावना प्रवल बन्दै गइरहेको छ।