प्रम ओली एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणमा जाने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रम ओली एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणमा जाने



प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन्।

दुवै देशका प्रधानमन्त्रीको निमन्त्रणमा प्रधानमन्त्री ओली यही मे ९ देखि १३ सम्म भियतनाम र १३ देखि १५ सम्म कम्बोडियाको भ्रमणमा निस्कन लागेको हुन्।

बिहीबार चीन भ्रमणबाट फर्किएपछि मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीको भ्रमणबारे जानकारी दिएका हुन्।

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले हिची मिन्ह थिंक ट्यांकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए।