कसलाई खोज्दै आए अर्जुन कपुर काठमाडौँ ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

कसलाई खोज्दै आए अर्जुन कपुर काठमाडौँ ?



नेपालको भन्सार कार्यलयमा बलिउड हिरो अर्जुन कपुरलाई सोधिन्छ, ‘कहाँ जाना है’?

‘काठमाडौं’ कपुरले गाडीभित्रबाट जवाफ दिन्छ।

यो दृश्य प्रदर्शनको तयारीमा रहेको हिन्दी फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलरमा समावेश छ।

ट्रेलरमा अर्जुन र उनका चार साथि काठमाडौं आएका झलकहरु समावेश छन्। उनी भारतको ओसामालाई खोज्न काठमाडौं आएको ट्रेलरमा देख्न सकिन्छ।

ट्रेलरमा पोखराका दृश्य पनि समावेश छन्। अर्जुनसँगै नेपाली कलाकारको अभिनय रहेको दृश्यलाई पनि ट्रेलरमा स्थान दिइएको छ। सत्य घट्नामा आधारित फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन्। फिल्म आगामी मे २४ देखि प्रदर्शनमा आउनेछ।