प्रियंका र निकले कार्यक्रमकै स्टेजमा किस खाएको भिडियो भाइरल - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

प्रियंका र निकले कार्यक्रमकै स्टेजमा किस खाएको भिडियो भाइरल



अमेरिका – अमेरिकाको प्रसिद्ध ‘बिलबोर्ड म्युजिक अवार्ड २०१९’ को आयोजना १ मे मा भएको थियो । सामाजिक सञ्जालमा उक्त अवार्डको खासै चर्चा छैन तर बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले कार्यक्रमका दौरान स्टेजमा किस खाएको भिडियो भाइरल भएको छ ।

उक्त भिडियोमा प्रियंका चोपडाले स्टेजमा प्रस्तुति दिइरहेका पति निक जोनसलाई आएर चुम्बन गर्छिन् । अवार्ड शो का दौरान यी दुईले ओठ मिलाउँछन् । निकले दिएको प्रस्तुतिमा प्रियंका आएर चुम्बन गर्छिन् । यो भिडियोको फुटेज सामाजिक सञ्जालमा रुचाइएको छ ।

दर्शकले निक र प्रियंकाको यो प्रेमलाई लिएर विभिन्न प्रतिक्रिया दिएका छन् । फ्यानले यसलाई सुन्दर क्षणका रुपमा वर्णन गर्नुका साथै शानदार केमेष्ट्री भनेका छन् ।

केहीले भने यी दुईको यो मायालाई ‘रिलेशनशीप गोल’ भनेका छन् । अवार्ड शो मा प्रियंका पनि निकै सुन्दर देखिएकी थिइन् ।

केही हप्ताअघि मात्र एक अमेरिकी म्यागजिनले प्रियंका र निक जोनसको डिभोर्स हुन लागेको दाबी गरेको थियो । यसबारेमा प्रियंकाकी आमाले खण्डन गरेकी थिइन् ।