धादिङमा बस दुर्घटना : १३ घाइते - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

धादिङमा बस दुर्घटना : १३ घाइते



धादिङ । धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस नियन्त्रण गुमाएर पल्टिएको हो ।

घाइतेमध्ये सर्लाहीको इश्वरपुर नगरपालिका–४ का १९ वर्षीय सुजन माझी र सिन्धुलीको मरिण गाउँपालिका–४ का २६ वर्षीय राजमान बमजनको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा सवार ४० जनामध्ये १३ जना घाइते भएका थिए । अन्य यात्री भने सकुशल छन् ।

फाइल तस्विर