तिन दिनसम्म हावाहुरी र वर्षाको खतरा : सजगता अपनाउनुहोस् - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

तिन दिनसम्म हावाहुरी र वर्षाको खतरा : सजगता अपनाउनुहोस्



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पश्चिमी भूभाग र पूर्वी भूभागलगायत मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । पश्चिमी भूभागका साथै पूर्वी भूभागका केही स्थान र मध्य पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी भोलि शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार राति देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको आँकलन रहेको छ । यस्तै शनिबार दिउँसो देशको पूर्वी भूभागमा पूर्ण बदली, मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका अधिकांश स्थान तथा मध्य र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति देशको पूर्वी भूभागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । पूर्वी भूभाग लगायात मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।