यस्तो भयो युवा केन्द्रित कार्यक्रम 'फायर वर्डस' - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

यस्तो भयो युवा केन्द्रित कार्यक्रम ‘फायर वर्डस’



काठमाडौं। फायरवर्डस मिडियाद्वारा राजधानीमा आयोजना गरिएको एक दिने ‘फायर वर्डस अन्तरक्रिया’ सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न राजनीतिक पार्टीका युवा नेता, सफल व्यबसायी र बिभिन्न ठाउँबाट आएका व्यक्तिकाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा झन्डै दुई सय युवाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले गरेका थिए । युवालाई नेपालमै केहि गर्न सकिन्छ, परिबर्तन सम्भब छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका सि.इ.ओ अशोक रोकयाले जानकारी दिए । सोमबार समापन भएको कार्यक्रममा बिभिन्न क्षेत्रबाट आएका युवा, उद्यमी र राजनीतीक नेताबीच प्यानल बनाएर छलफल भएको थियो ।

अनुपम फुडल्यान्डमा भएको कार्यक्रममा प्यानल छलफल तिन भागमा बिभाजन गरिएको थियो । राजनीतिक प्यानलमा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ नेत्री बिन्दा पाण्डेय, पूर्बाधार बिद् डा. सूर्यराज आचार्य, नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमागाइले कहिले कसले र कसरी परिवर्तन आउछ भन्ने बिषयमा छलफल गरेका थिए ।

त्यस्तै, अर्को प्यानल छलफलमा उधमीहरु थिए । जसमा ज्योति बिकास बैकंका सि.इ.ओ मनोज ज्ञवाली, इ सेवाका सि.इ.ओ अश्गर अली, ग्लोबल प्रा.लीका इ.डी. आशिष ठाकुर थिए । युथ प्यानलमा विवेकशिल पार्टीकी नेतृ रन्जु दर्शना, अनेरास्ववियूका महासचिब ऐन महर, नेपाल विद्यार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस एन वाइ सिका फाउन्डर सरोज बानिया रहेका थिए । कार्यक्रमको अन्त्यमा कर्पोरेट प्रशिक्षक रबिन कटुवालले युबाले नेपालमै बसेर कसरी काम गर्ने? सफल कसरी हुने? भन्ने बिषयमा चर्चा गरेका थिए ।