‘मर्दानी २’मा यस्ती छिन रानी - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

‘मर्दानी २’मा यस्ती छिन रानी



एजेन्सी – बलिउड अभिनेत्री रानी मुख्रजी स्टारर ‘मर्दानी २’को पहिलो झलक सार्वजनिक भएको छ । सार्वजनिक फोटोमा उनलाई एक प्रहरी अधिकारीको पोशाकमा देखाइएको छ ।

यशराज फिल्मसले ट्वीटरबाट रानीको तस्वीर सार्वजनिक गरेको हो । रानी गत वर्ष ‘हिच्की’नाम सिनेमामा देखिएकी थिइन् ।

सो सिनेमाले भारतीय वक्सअफिसमा खासै राम्रो गर्न नसकेपनि चिनियाँ वक्सअफिसमा भने गतिलो कमाइ गरेको थियो । ‘मर्दानी’ सिनेमा सफल भएपछि सिक्वल बनाउन लागिएको हो ।