बलिउड फिल्म निर्माता करण जोहरको प्रोडक्सन गोदाममा आगो लाग्यो - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

बलिउड फिल्म निर्माता करण जोहरको प्रोडक्सन गोदाममा आगो लाग्यो



मुम्बई – बलिउड फिल्म निर्माता करण जोहरको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सनको मुम्बईस्थित गोदाममा गए राति आगो लागेको छ । आगलागीबाट गोदाममा निकै क्षति पुगेको छ ।

अचानक आगो सल्केपछि १२ वटा दमकल आगो निभाउन जुटेका थिए । लामो समयपछि बल्ल गोदाममा लागेको आगो निभेको थियो । योसँगै करण जोहरलाई ठूलो क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगोले बिल्डिङमा पनि क्षति पुर्‍याएको छ ।

भारतीय मिडियाको खबरअनुसार मंगलवार राति साढे २ बजे आगो लागेको थियो । यो आगो सामानमा सल्केर तेस्रो तल्लासम्म पुगेको थियो ।

मिडियाका अनुसार आगलागीमा परेर एक व्यक्ति घाइते भएका छन् । ती व्यक्तिलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।