प्रिती जिन्टाका पुर्व पतिलाई २ वर्ष जेल ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

प्रिती जिन्टाका पुर्व पतिलाई २ वर्ष जेल !



२ सय ८३ वर्ष पुरानो वाडिया समूहका उत्तराधिकारी नेस वाडियालाई लागुऔषध राखेको आरोपमा जापानमा दुई वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको सपोरो जिल्लाको अदालतले वाडियालाई सजाय सुनाए । यद्यपी, उनी पाँच वर्षका लागि जेल जानु पर्दैन ।

यसैबीच नेसले जापानमा विभिन्न गैर–कानूनी काम गरिरहेकाले उनलाई जेल पठाइने अन्तरराष्ट्रिय मिडियाले बताएका छन् । मिडिया रिपोर्टका अनुसार वाडिया मार्चमा जापानको होक्काइडो आइल्याण्डको एयरपोर्टमा पक्राउ गरिएको थियो । उनीसँग २५ ग्राम लागुऔषध भेटिएको थियो । नेस छुट्टी बिताउन जापान गएका थिए ।

वाडियाले नीजि प्रयोगका लागि लागुऔषध राख्ने कुरा स्विकारेः रिपोर्ट

रिपोर्टका अनुसार नेस वाडिया २० मार्चअघि जापान पुलिसको हिरासतमा थिए । पछि जमानतमा छुटेर भारत फिर्ता भएका थिए । उनले नीजि प्रयोगका लागि लागुऔषध राखेको कुरा स्विकारेका थिए । नेस वाडिया आइपीएल समूह किंग्स इलेवन पंजाबका सह–मालिक हुन् । उनी नायिका प्रीति जिन्टाका पूर्व प्रेमी हुन् ।

नेसको जिम्मेवारी प्रभावित हुनेछैनः वाडिया ग्रुप

वाडिया ग्रुपले नेस भारतमा भएको जानकारी दिएका छन् । ग्रुपले भन्यो, ‘जापानको अदालतले उनलाई जुन सजाय सुनाएको छ त्यो सस्पेन्ड छ । त्यसकारण नेसको काम–कारवाही र उनको जिम्मेवारीमाथि कुनै असर पर्ने छैन ।’

वाडिया ग्रुपसँग ब्रिटानिया, गो एयरजस्ता कम्पनीः

नेस, वाडिया ग्रुपका अध्यक्ष नुस्ली वाडियाका जेठो छोरा हुन् । बम्बे डाइंग, ब्रिटानिया इन्टष्ट्रिज र गो एयर वाडिया ग्रुपको कम्पनी हो । नेस बम्बे डाइंग र बम्बे बरमाह ट्रेडिङ कर्पसमेत केही अन्य कम्पनीका निर्देशक हुन्