राष्ट्रपतिको लागि सडक खाली गराउँदै ट्राफिक

जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणबाट राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि शीतल निवाससम्मको सडक ट्राफिकले खाली गराउँदैछ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले विमानस्थल, सूचना विभाग, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्से चोक, नक्सालभगवती, छातागणेश, भाटभटेनी, बालुवाटार, शिवपुरी कलेज, एकेडेमी मोडबाट शीतल निवाससम्मको सडक दुईतर्फी खाली गराउन सूचना जारी गरेको छ।
राष्ट्रपतिको सावरीबारे उल्लेख नगरी ट्राफिकले यो सडक प्रयोग नगर्न सूचना जारी गरेको हो। उक्त मार्ग भएर चल्ने सावरी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ।

