सन्काहा भुवन केसी - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सन्काहा भुवन केसी



भुवन केसी र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध छैन । साम्राज्ञी भुवनलाई देखिसहन्नन्, भुवन साम्राज्ञीलाई । साम्राज्ञीले भुवनले ‘ड्रिम्स’ फिल्मको सुटिङ ताका आफूलाई वेवास्ता गरेको खुलेआम बताएपछि त दुवैको दुश्मनी सतहमै आएको थियो । त्यसैले मौका पायो कि मिडिया दुवैको घाउ कोट्याउन थालिहाल्छ ।

‘ए मेरो हजुर–३’को स्पेशल स्क्रिनिङमा उनीहरुले त्यो मौका पाइहाले । फिल्म हेर्न गएका भुवनलाई मिडियालाई सोधिहाले, ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको ?’

सुरुमा त भुवनले कुटनीतिक उत्तर दिदै थिए तर भित्र पसेको तुक किन चुप लागेर बस्थ्यो ? उनले साम्राज्ञीलाई नराम्रो भन्दिन भन्दा भन्दै पनि अभिनयमा साम्राज्ञी भन्दा सुहाना अगाडि रहेको निष्कर्ष सुनाइहाले ।

सुहानाकै फिल्म हेर्न गएका उनलाई कम भन्ने चान्स त थिएन, तर भुवनले चाहेको भए तटस्थ उत्तर दिन्थे । तर, दिएनन् । किनकि, मौकामा साम्राज्ञीलाई चिढ्याउने अवसर उनी किन छाड्थे ?

यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।