स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति भण्डारी एकाएक नेपाल फर्कंदै - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति भण्डारी एकाएक नेपाल फर्कंदै



काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर फर्कने भएकी छिन् । स्वास्थ्यमा समस्या भएपछि भण्डारी फर्कन लागेकी हुन्।

भण्डारी बुधबार बिहान काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको छ । राष्ट्रपतिको स्वास्थ्यमा कस्तो समस्या देखिएको हो भन्ने विषयमा भने केहि खुलाइएको छैन ।

चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा सहभागी भएलगत्तै राष्ट्रपतिले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

राष्ट्रपति भण्डारी भ्रमणको सातौं दिन मंगलबार चीनको ल्हासामा छिन्। उनी बिहिबार मात्र फर्कने कार्यक्रम थियो।