विरगंजमा भीषण आगलागी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

विरगंजमा भीषण आगलागी



वीरगन्ज : वीरगन्ज महानगरपालिका ११  श्रीपुरमा रहेको पेन्ट र त्यसमा प्रयोग गरिने केमिकल्स (रसायन) गोदाममा भीषण आगलागी भएको छ।  श्रीपुरस्थित ओम आश्रम नजिकै रहेको अजय वर्णवाल सन्चालक रहेको लक्ष्मीदीप इन्टर प्राइजेजको गोदाममा मङगलबार साँझ आगलागी भएको हो।

आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएका पेन्ट, पेन्ट बनाउन प्रयोग गरिने केमिकल, स्प्रिट  र पेन्ट उत्पदान गर्ने मेसिन जलेर नष्ट भएका छन्।

मंगलबार साँझ ६ बजे अचानक आगलागी सुरु भएको थियो। चार वारुण यन्त्रको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको करिब दुई घण्टाको प्रयासपछि अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

फाइल तस्बिर