विप्लव समुहका बाजुरा जिल्ला इञ्चार्ज विक सहित १० जना पक्राउ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विप्लव समुहका बाजुरा जिल्ला इञ्चार्ज विक सहित १० जना पक्राउ



मार्तडी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विक बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन् ।

विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ परेकाबाट विभिन्न विष्फोटक पदार्थसमेत बरामद गरिएको प्रहरीको दावी छ । चन्दा सङ्कलन गरेका रसिदसमेत फेला परेका छन् । प्रक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ ।