बालुवाटार जग्गा प्रकरण बारे यसो भने प्रधानमन्त्री ओलीले - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बालुवाटार जग्गा प्रकरण बारे यसो भने प्रधानमन्त्री ओलीले



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् ।

पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’

धानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताए ।

महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे ।

‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ ओलीले भने, ‘महासचिवलाई लान्छना लगाउने काम भयो ।’

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क(कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए ।

‘जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उनले भने, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन । सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ ।’