बालुवाटार जग्गा प्रकरणको माधव नेपालले जिम्मा लिए - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बालुवाटार जग्गा प्रकरणको माधव नेपालले जिम्मा लिए



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री निवास बिस्तार गर्ने आफ्नो निर्णयको जिम्मा लिने बताएका छन् ।

सोमबार अमेरिका प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो । यसको जिम्मा म लिन्छु ।’

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको विषयमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल नेता नेपाल समेत मुछिएका छन् ।

नेपाल प्रधानमन्त्री भएको समयमा २०६७ बैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयले डिल्लीबजार मालपोलले गरेको गलत निर्णयलाई बैधानिकता दिएको भन्दै पूर्वप्रशासक शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले त्यो निर्णय नै खारेज गर्न सिफारिस गरेको छ ।

बालुवाटारको जग्गा प्रकरणबारे सोमबार बसेको नेकपाको सचिवालय बैठकमा समेत प्रश्न उठेको थियो । यद्यपि बालुवाटार जग्गा प्रकरणबारे निर्णय गर्दा नेकपाका महासचिव विष्णु पौडेलको भूमिका नरहेको उनको भनाई थियो ।

नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा भएका निर्णयको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।