धमाल मच्चाउने साहरुख खानको यस्तो प्लान - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

धमाल मच्चाउने साहरुख खानको यस्तो प्लान



पछिल्लो समय रिलिज चलचित्र ‘जिरो’ असफल भएपछि नायक साहरुख खान नयाँ चलचित्रमा काम गर्न धेरै पटक सोचिरहेका छन् । उनले, केही समय अगाडि जुन महिनामा आफ्नो नयाँ प्रोजेक्टको बारेमा जानकारी दिने बताएका थिए । तर, साहरुख खानले अब यो योजना पनि पछाडि धकेलेका छन् ।

साहरुखले भनेका छन्, ‘म यसपटक चलचित्रको घोषणा त्यतीबेला गर्नेछु, जुन समय मलाई लाग्नेछ कि मैले यो चलचित्रमा काम गर्नु पर्छ । तर, मलाई अहिलेसम्म त्यस्तो लागेको छैनँ । मैले अहिलेसम्म १५–२० वटा कथा सुनिसकेको छु । मलाई २–३ वटा कथा मन पनि परेका छन् । तर, मैले अहिलेसम्म कुन चलचित्रमा काम गर्ने फैसला गरेको छैन ।’

साहरुखले अगाडि भनेका छन्, ‘जब म कुनै चलचित्रमा काम गर्छु भनेर फैसला लिन्छु, मैले त्यसको काम तत्काल सुरु गर्नुपर्ने हुन्छ । म पुरा रुपमा त्यो चलचित्रमा डुब्न थाल्छु ।’ साहरुख खानले नयाँ चलचित्रमा काम गर्ने पक्का नगरेपनि भारतीय मिडियामा भने उनको बिषयलाई लिएर नयाँ नयाँ समाचार सार्वजनिक भैरहेका छन् । साहरुख यसपटक राम्रो कथामा काम गरेर बक्स अफिसमा धमाका मच्चाउने सोचमा छन् ।