राजेश हमाललाई लाग्यो गम्भीर आरोप - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

राजेश हमाललाई लाग्यो गम्भीर आरोप



काठमाडौं – ‘को बन्छ करोडपति ’ नामक कार्यक्रममा अभिनेता राजेश हमालले राष्ट्रिय गानको अपमान गरेको भनेर आलोचना भएको छ ।

एउटा निजी टेलिभिजनबाट प्रशारित हुँदै आएको ‘को बन्छ करोडपति ’ नामक कार्यक्रममा सोधिएको प्रश्नमा राष्ट्रिय गान बजाइएको थियो । राष्ट्रिय गान बज्दा सबै उठ्नुपर्छ । तर, अभिनेता राजेश हमाल आफ्नो सिटमा बसेर राष्ट्रिय गान सुनिरहेका थिए ।

हमालसँगै अगाडिको सिटमा बसेका नायिका प्रियंका कार्की र नायक आयुशमान देशराज श्रेष्ठपनि कुर्सीमा बसेर राष्ट्रिय गान सुनेका थिए । राष्ट्रिय गान बज्दा उभिएर गीतको सम्मान गर्नुपर्छ भन्ने जानकारी नै नरहेका भन्दै उनीहरूको सामाजिक सञ्जालमा आलोचना भएको छ ।मिडियाडबलीबाट

‘राष्ट्रिय गान गाउँदा उभिनुपर्छ भन्ने सामान्य ज्ञान समेत रहेनछ’ भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् । कार्यक्रममा अभिनेता हमालले नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज श्रेष्ठसँग ‘राष्ट्रिय गानमा’ कति पटक नेपाल शब्द आउँछ’ भनेर प्रश्न सोधिएको थियो ।