घोडाघोडी मेयर कप : वडा नं १ फाइनलमा प्रवेश - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

घोडाघोडी मेयर कप : वडा नं १ फाइनलमा प्रवेश



उपाधीका लागि वडा नं ३ र ४ का महिला समूह भिड्दै

विशाल पाण्डेय / सुखड,कैलाली ।

दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपमा घोडाघोडी नगरपालिका वडा नं १ फाइनलमा प्रवेश गरेको छ ।

आइतबार दिउँसो भएको पहिलो खेलमा घोडाघोडी नगरपालिका वडा नं ५ लाई शुन्यका विरुद्ध दुई (०-२) गोलले हराउदै वडा नं १ फाइनलमा प्रवेश गरेको हो । जितका लागि वडा नं १ को तर्फबाट धुर्ब आचार्यले १ गोल गरेका थिए । त्यस्तै वडा नं ५ का खेलाडीले डि बक्स भित्र फल गरेको हुनाले पेनाल्टी मार्फत अर्को १ गोल चन्द्र बुढामगरले गरेका थिए ।

त्यस्तै बिहीबार नै भएको दोस्रो खेल वडा नं ३ र वडा नं १० बिच सम्पन्न भएको छ । वडा नं ३ र १० को खेल १/१ गोलको बराबरीमा सकिएको छ । खेलमा वडा नं १० का खेलाडी प्रदीप बमले १ गोल गरेका थिए भने ३ को तर्फबाट पारस चन्दले १ गोल गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । खेल अवधी भरी १/१ गोल बराबरी भएको र आइतबार रात परेको हुँदा सोमबार बिहान पेनाल्टी सुट आउट हुने आयोजकले जनाएको छ ।

पेनाल्टी सुट कति बेला हुने भन्ने कुरा समाचार तयार पार्दा सम्म निर्णय नभएको आयोजक समितिले जनाएको छ । यो खेलमा विजयी हुने टिमले वडा नं १ संग सोमबार दिउँसो नै फाइनलको लागि भिडन्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै आज नै महिला तर्फको फुटबलको फाइनल खेल हुने आयोजकले जनाएको छ । यस अघि नै वडा नं ३ र ४ फाइनलमा प्रवेश गरेको थियो ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ नगर खेलकुद बिकास समितिको आयोजनामा घोडाघोडी नगरपाालिका- ३ जुरपानिमा चलिरहेको प्रतियोगिताको आज समापन हुदै छ ।

प्रतियोगितामा प्रथम हुने पुरुष तर्फको टिमलाइ नगद रु १ लाख १ रुपैयाका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरीने छ भने दोस्रो पुरस्कार नगर ७५ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । त्यसैगरी महिला तर्फको प्रथम र दृतिय हुने टिमलाइ नगद सहित शिल्ड ,मेडल र प्रमाण पत्र पुरस्कार रहेको छ । खेलमा पुरुष १२ र महिला ४ गरि १६ टिमको सहभागित रहेको थियो ।