दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना



दाङ : दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। आइतबार दिउँसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। तुलसीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखौवा नजिक बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

घाइते हुनेमा दंगीशरण गाउँपालिका २ की जमुना वली, बबई गाउँपालिका २ का सिताराम वली, तुलसीपुर ५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ। फाईल तस्विर