३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ



बर्दिया – बाँसगढी नगरपालिका–७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सोही नगरपालिका–१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।