एक्कासि अँध्यारो भयो विराटनगर : मौसम परिवर्तन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एक्कासि अँध्यारो भयो विराटनगर : मौसम परिवर्तन



विराटनगर । कतिपय मानिसहरु मर्निङ वाक गरेर घर फर्किसकेका थिए । कतिपय बाटोमै थिए । तर, घाम उदाएर उज्यालो भइसकेको अवस्थामा फेरि एक्कासि अँध्यारो छायो । विराटनगरमा आइतबार बिहान मौसमको फेरबदलले मानिसहरु छक्क परे ।

घामको प्रकाश परेर निभेका सौर्यबत्ती (सोलार लाइट) फेरि झलमल बले । बाक्लो कालो बादल मडारिँदै आएर विराटगरको आकास नै ढाक्दा बिहान ७ बजे विराटनगरमा फेरि अँध्यारो भएको थियो । विराटनगर ७ का शिवराज बस्नेतले भने,‘‘उज्यालो भइवरी फेरि साँझ परेको जस्तो मौसम त कहिले पनि देखेको थिइनँ ।’’

एक्कासि अध्यारो भएपछि मानिसहरु कौतहलपूर्वक सडक बाहिर निस्किएका थिए ।

फाइल तस्बिर