मदिरा सेवन गरी खुकुरी प्रहार - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मदिरा सेवन गरी खुकुरी प्रहार



विराटनगर : मदिरा सेवनपछि भएको विवादमा खुकुरी प्रहारबाट विराटनगर–१ मा एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति १० बजे विराटनगर–१ का १८ वर्षीय अर्जुन पोद्धारलाई विराटनगर महानगरपालिका–२ का २४ वर्षीय विजय रामले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट पोद्धारको कोखा, पेट र टाउकोमा गहिरो चोट लागेको छ ।

घाइतेको अवस्था गम्भीर भएकाले विराट टिचिङ अस्पतालमा उपचार गराइएको छ । घटनापछि प्रहरीले घटनामा संलग्न विजय रामलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट एक किलोमिटरकै दूरीमा पर्ने ठाउँमा घटना भएको थियो ।