महालक्ष्मी विकास बैंकद्वारा ट्राफिक चिन्ह हस्तान्तरण

लोकेन्द्र रावल / टीकापुर ।
महालक्ष्मी विकास बैंक लिमिटेड टीकापुर शाखाले शनिबार टीकापुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टलाई ट्राफिक चिन्ह हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त ट्राफिक चिन्ह हस्तान्तरण गरिएको हो ।
महालक्ष्मी विकास बैंक लिमिटेड टीकापुर शाखाका प्रबन्धक खगेन्द्र साउँदको सभापतित्वमा शुरुभएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्य प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिववहादुर सिंह रहनु भएको थियो ।
प्रमुख अतिथि गंगाराम आचार्यले ट्राफिक चिन्ह ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिव वहादुर सिंह र अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका ईञ्चार्ज मोहन सिंह चैैसिर लाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रमुख अतिथि आचार्यले बैंकले नाफामात्र खोजेर हुँदैन समाजका लागि पनि केही गर्नुपर्छ भन्नुभयो ।
उहाँले महालक्ष्मी बिकास बैंकले जुन ट्राफिक चिन्ह प्रदान गरेको छ त्यसले यस ठाउँमा सडक दुर्घटनामा कमि ल्याउने विश्वास लिएको बताउनुभयो ।
त्यस्तै विशष्टि अतिथि शिववहादुर सिंहले नागरिकको सहयोग बिना पुलिस एक्लैले मात्र केहि गर्न सक्दैन भन्नुभयो । नागरिकको सहयोगले गर्दा आज ईलाका प्रहरी कार्यालय टीकापुर नेपाल अधिराज्यभरीमा १ नंम्बरमा पर्न सफल भएको बताउनु भयो । आफूले नागरिकहरुको साथ सहयोग सधैंभरि यसैगरि पाईरहने विश्वास लिएको पनि बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय मसुरियाका शाखा प्रवन्धक पदम कठायत, महालक्ष्मी विकास बैंक लिमिटेड लम्की शाखाका शाखा प्रबन्धक झंकरवहादुर कडायत लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन महालक्ष्मी विकास बैंक लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक चेतराज पाण्डेय ले गर्नुभएको थियो ।

