मेलम्चीमाथि विवेकशील नेपालीको खबरदारी
काठमाडौँ– विवेकशील नेपाली दलले ‘३० वर्ष बित्यो खै मेलम्ची ? भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै मेलम्ची खाने पानीको आयोजना सुरु भएको ३० वर्ष पूरा भइसक्दा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेको हो ।
दलले यतिवर्ष हुँदासम्म मेलम्ची ल्याउन नसक्ने सरकारले विदेशमा पानी बेच्ने कुरा गर्नु हास्यास्मद भएको टिप्पणी गरेको छ ।
‘जसलाई तिर्खा लाग्छ उसले पानी खोज्दै जानुपर्छ । काठमाडौँ बासीले यस्तै गर्नुपर्ने हो सरकार ?’ विवेकशील दलको प्रश्न छ ।