३३ लाख ठगी आरोपमा पक्राउ परिन स्याङ्जाकी सुनीता - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

३३ लाख ठगी आरोपमा पक्राउ परिन स्याङ्जाकी सुनीता



स्याङ्जा ।  स्याङ्जामा ३३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जग्गा बेच्ने भन्दै १५ व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिकाकी सुनीता थापालाई पक्राउ गरेको हो।

थापाका नाममा पुतलीबजार नगरपालिका–३, आम्बोटमा सडकले छोएको मूल्यवान घरसहितको जग्गा दिउँला भनी विभिन्न समयमा रकम लिएको आरोपमा यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

१५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीका आधारमा सुनीतालाई पक्राउ गरी थप अुनसन्धानका लागि स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहको स्याङ्जा प्रहरीले जनाएको छ।