जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु ,१० घाइते

पुनर्वास ,कञ्चनपुर । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढीबाट कञ्चनपुरको बेलौरी तर्फ जन्ती बोकेर जादै गर्दा पुनर्वास नगरपालिका-११ डोकेबजारमा सोही दिशाबाट आएको टिप्परले ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
शुक्रबार साझ करिब ७ बजे तिर से १ त २०६७ नम्बरको ट्याक्टरलाई से १ क ९८८ नम्बरको टिपरले ओभरट्याक गर्न खोज्दा ट्याक्टर नालामा खसी दुर्घटना भएको त्रिभुवनबस्ती प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बेलौरी नगरपालिका-४ कि रामकुमारी राना रहेको र अन्य १० जना जन्ती घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते १० जना मध्ये १ जना गम्भीर घाइतेलाई धनगढी स्थित सिपि अस्पतालमा उपचार भइरहेको र अन्य ९ जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

