चिनियाँ राष्ट्रपतिले गरे राष्ट्रपति भण्डारीको स्वागत - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

चिनियाँ राष्ट्रपतिले गरे राष्ट्रपति भण्डारीको स्वागत



बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आएकी विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३५ किलोमिटर पर रहेको त्यस सम्मेलन केन्द्रमा आइपुगिन् । उनलाई चिनियाँ समकक्षी सी जिनपिङले स्वागत गरेका थिए ।

बेइजिङको बाहिरी भागमा याङ्त्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । रासस