बुद्ध एयरले एकाएक विमानस्थलमा तनाव गरायो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बुद्ध एयरले एकाएक विमानस्थलमा तनाव गरायो



काठमाडौं- बुद्ध एयरले आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा केही छिन तनाव सिर्जना भएको छ।

बिहिबार साँझ ६ बजेपछि मात्र आकस्मिक रुपमा बुद्धले २ उडान रद्द गरेपछि तनाव सिर्जना भएको हो।

बिहिबार विराटनगरबाट काठमाडौं आउनका लागि टिकट काटेका यात्रु विराटनगर विमानस्थल पुगेका थिए।

तर बुद्धले आफूहरुलाई कुनै जानकारी नै नदिई उडान रद्द गरी आफूहरूलाई बिचल्लीमा पारेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

यसबीचमा एयरलाइन्सका कर्मचारी र यात्रुबीच भनाभन समेत भएको थियो।

आक्रोशित यात्रुले आफूहरुलाई कि त घरमा पुर्याउनुपर्ने नत्र होटलमा बासको व्यवस्था गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

यसपछि बुद्धले घर जान चाहने यात्रुलाई गाडीको व्यवस्था र जान नचाहने यात्रुका लागि होटलको व्यवस्था गरेपछि तनाव साम्य भएको थियो।