भैरहवा मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

भैरहवा मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ



काठमाडौं– रुपेन्देहीको भैरहवास्थित जिल्ला मालपोत कार्यालयको तामेली शाखामा कार्यरत कार्यालय सहयोग (पियन) २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कार्यालयका सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी गर्नका लागि पियन जोगेन्द्र प्रसाद चौधरीले २० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयमा चौधरीले घुस मागे गरेको भन्दै उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा चौधरी बुधबार घुस लिइसकेको अवस्थामा मालपोत कार्यालय परिसरबाटै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।