विद्यार्थी संगठनले भने एनसेलको कर नतिर्ने रवैया हामीलाई स्वीकार्य छैन् - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विद्यार्थी संगठनले भने एनसेलको कर नतिर्ने रवैया हामीलाई स्वीकार्य छैन्



काठमाडौं– सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न आग्रह गरेका छन् । राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि युवाहरु आक्रोशित बनेका हुन् ।

संयुक्त रुपमा चार संगठनका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेलले तोकिएको समयमा कर तिर्न आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ । कर तिर्न नपरोस भन्ने मनसायका साथ एनसेलको यस्तो रवैया हामीलाई स्वीकार्य छैन् । यसर्थ जुनसुकै कानुनी प्रक्रिया अवलम्बन गरेर भए पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं ।’

साथै उनीहरुले एनसेललाई कर छुट दिने राष्ट्रघाती निर्णय नगर्न पनि सम्बद्ध निकायलाई चेतावनी दिएका छन् ।

नेकपानिकट वाइसियल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरुले एनसेलको सिम प्रयोग नगर्न अपील गरेका छन् ।

सामाजिक सञ्जालमा पनि एनसेलका विरुद्ध चर्को आक्रोश पोखिएको छ । सत्तारुढ दलका अतिरिक्त नयाँ शक्ति नेपाल, विवेकशील साझा लगायतका दलका युवा विद्यार्थीहरु पनि एनसेलको सिम प्रयोग नगर्न अनुरोध गरेका छन् ।