पूर्वराजालाई नै राष्ट्रप्रमुख बनाउन राणाको माग - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पूर्वराजालाई नै राष्ट्रप्रमुख बनाउन राणाको माग



राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

अध्यक्ष राणाले कुनै राजनीतिक दलप्रति आवद्ध नरहेको पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिन उपयुक्त हुने तर्क गरे।

बुधबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रप्रति प्रतिवद्ध पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिने एजेन्डामाथि सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै आपत्तिसमेत जनाए।

अध्यक्ष राणाले आधुनिक नेपालको निर्माण राजसंस्थाबाटै भएकाले त्यसको विरोध गर्नेहरु प्रजातन्त्रवादी हुनै नसक्ने दावी समेत गरे।